काठमाडौंमा फेरि बर्डफ्लु

१२ हजार बढी कुखुरा नष्ट

काठमाडौं,काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु फेला परेको छ।पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका फार्महरुमा संक्रमण पुष्टि भएको थियो ।

बर्ड फ्लु पुष्टि भएको स्थान र त्यस वरपरका कुखुराहरु र दाना नष्ट गरिएको विभागले जनाएको छ । विक्रम गौतम र कमल गौतमको फार्मसहित वरपरका फार्मका साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। यस्तै, ठुलो संख्यामा दाना र अण्डा पनि नष्ट गरिएको छ ।

तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पुश सेवा विभागले जनाएको थियो। त्यसबेला १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।