सुर्खेतका वादी समुदायको विचल्ली

३७ वर्षसम्म वस्दै आएको घर भत्काएर जग्गाधनीले लखेटे

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका मंगलगढी चोक भन्दा १०० मिटर अगाडी वसोवास गर्दै आएका वादी समुदायको विचल्ली भएको छ । ३७ वर्षदेखी वस्दै आएको घर भत्काएर जानुपर्दा उनिहरुको विचल्ली भएको हो । २०४० सालदेखी स्थायी रुपमा वसोवास गर्दै आएका आशा वादी र गोविन्द वादीको स्थायी रुपमा वसेको घर भत्कायर अहिले अरुको घरको पर्खालमा टिनको पाता अड्यायर वस्न वाध्य भएका छन् ।

जग्गाधनी भनिएका भिम वहादुर चन्दको निर्देशनमा घर भत्कायको गुनासो सुनाए । उनिहरुको नाममा एक टुक्रा जमिन कहिँ कतै छैन । त्यहि टिन अड्यायको छाप्रोमा आफ्ना चार पाँच जनाको परिवार केहिदिन देखि ओत लागिरहेका छन् । कर्णाली प्रदेशको मूख्यमन्त्री कार्यलयको गेटमा वादी समुदाय गाँस,बाँस,कपासको माग राख्दै आन्दोलित छन भने राजधानी नजिकै केहि वादी समुदायले यस्तो विचल्लीको पिडा भोगिरहेका छन् ।

पिडित वादी समुदायको घर रहेको जग्गा भिम वहादुर चन्दको हो भनी अदालतबाट फैशला सुनाईसकेपछी आफुहरु घर भत्कायर हिड्न बाध्य भएको वताए । संचारकर्मी संग कुरागर्दै आशा वादी यसो भन्छीन् झुप्रा खोला वालुवा गिट्टी गरेर परिवार पाल्ने गरेको श्रीमान विगत केहि वर्षदेखी वेपत्ता भएको र जिन्दगी गुर्जान निकै गाह्रो भएको बेला झन पिडा आइलागेको वताईन् । कित पहिले नै तिमीहरुको होइन भन्दैको भए सजिलो हने थियो ।

तर आज एक्कासी ३७ वर्षपछी यस्तो हुदा मर्नुन बाच्नुको अवस्थामा पुगेको वताइन् । सिजनको वेला मादल वनाएर जिवन यापन गर्दै आएका वादी समुदाय कहाँ जाने केही अतोपतो छैन।जिवनभर खाई नखाई वनाएको घरपनी गएको कुरा सुनाउदा गहभरी आसुँ देखिन्थ्यो । उनिहरु पहिले देखिनै सुकुम्बासी रहेको वताएका छन् ।
अर्का पिडित गोविन्द वादीको पिडा पनी उस्तै छ ।आफु बसेकै ठाउमा वस्ने व्यबस्था मिलाय पुग्छ ।

अरु सरकारप्रती कुनै ठुलो माग नभएको वताउदै गहभरी आँसु वनाए ।मालपोत र नापीकै लार्पवाहीका कारण यस्तो अवस्था आएको उनिहरुको दावी रहेको छ । कर्णली सरकारप्रती ठुलो आस बोकेका उनिहरु अहिले पिडाको अनुभुती गरिरहेका छन् । सम्बन्धीत सरोकारवालाको ध्यान छिट्टो भन्दा छिट्टो जावस् ।