कसैले सुनेन वादी समुदायको माग

खानपिन र सुत्न निकै सकस

सुर्खेत,कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यलय अगाडीको चौरमा धर्ना गरी बसेका वादी समुदायको पिडा कसैले बुझेका छैनन् । विगत केहि दिनदेखि धर्नामा बसेका बादी समुदायका मागप्रती कोहिपनी सकारात्मक नभएको गुनासो सुनाएका छन् ।

दैलेख,कालीकोट,सुर्खेत लगायतका जिल्लाबाट ४ सय ४१ जनाको संख्यामा उपस्थित रहेका बादी समुदायका महिला,वालवालिका,वुढापाखा अशक्तहरुको विचल्ली भएको छ । राति सुत्दा चिसो भयर उनिहरु धमाधम विरामी पर्न थालेका छन् । कर्णाली सरकारको आडैमा आयर पनि भोकभोकै बस्नुपर्दा सरकार नभएको जस्तो अनुभुती भएको वताएका छन् ।

बादी समुदायको धर्नामा सामेल व्यक्तिहरुको लागि विहानको खाना करिव दिउसो तिन वजे पाकिरहेको थियो । खानेपानीको समस्या भएको कारण आफुहरूले विहान खान पकायर खान नसकेको वताए । खानपानको लागि खाद्यान्न आफैलै जसोतसो चलाएको र कसैले पनि सहयोग नगरेको वताए।धर्नामा सहभागी विष्णु वादीका अनुसार आफ्नो माग पुरा नभएसम्म धर्नामै वस्ने र यदि परिआयको खण्डमा मुख्यमन्त्री कार्यालय भित्रै गयर वस्न सक्ने वताएका छन् ।

यस्ता छन् वादी समुदायका माग

परिवारका संख्याको आधारमा जग्गा उपलब्ध गराउनु पर्ने,आफ्नो कला र साहित्यको संरक्षण र संबद्धन गरिनुपर्ने,आत्म निर्भर हुनलाई सिप र इच्छा अनुसारको तालिम दिनुपर्ने,विभिन्न ठाउँमा वादी समुदायलाई रोजगारीको अवसर दिनुपर्ने जस्ता मागहरु राखेर धर्नामा वसिरहेका छन् ।