प्रधानमन्त्री ओली राजीनामा दिन तयार

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिन तयार भएका छन् ।राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीलगायतले राजीनामा मागिरहेको बेला प्रधानमन्त्री ओली अन्य दलहरुसँग छलफल गरेर राजीनामा दिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको ओली पक्षीय स्थायी समिति बैठकको निर्णय सुनाउँदै परराष्ट्रमन्त्री ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका थिए ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएर देशलाई राजनितिक निकास दिनुहुन्छ तरुु भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले भने, हामी दलहरुसँगको छलफलमा छौँ, उनीहरुका कुराकानी सुनिरहेका छौँ, मुलुकलाई अन्योलमा राख्नु हुँदैन, प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुन्छ, त्यही हुन्छ, त्यसबारे आवश्यक परामर्श भैरहेको छ । 

सर्वोच्चले मंगलबार साँझ प्रतिनिधिसभा पुनस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।