प्रचण्ड-नेपाल पक्षको विजय जुलुसमा लगाइने नाराहरु

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल पक्षले विजय जुलुसको लागि नाराहरु तयार गरिएको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगैको खुसीयालीमा बुधबार गर्न लागेको विजय जुलुसका लागि सो पक्षले विभिन्न नाराहरु तय गरेको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र–जिन्दावाद , सर्वोच्च अदालत हाई हाई, वीर शहिद–लाल सलाम, नागरिक समाज धन्यवाद, सर्वोच्चको फैसला, ऐतिहासिक फैसला, यो जित कसको जनताको’ लगायत नाराहरु तय भएका छन् ।काठमाडौंको शान्तिवाटिकामा आज दिउँसो १२ बजे विजय जुलुस आयोजना गरिएको छ ।

विजय जुलुसलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । उपत्यकाबाहिरका जिल्लामा भने बिहान ८ बजे नै सदरमुकामहरुमा जुलुस निकालिएका छ ।