ओलीले राजीनामा नदिए संसदबाट कारबाही हुन्छः भीम रावल

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संसदबाट कारबाही गर्ने जनाएका छन् ।

बुधबार धनगढीमा सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्जसमेत रहेका रावलले नैतिकताको आधारमा ओलीले राजीनामा दिँदैनन् भने १३ दिन भित्र शुरु हुने संसदबाट कारबाही गर्ने बताएका हुन् ।

‘नैतिकताको आधारमा राजीनामा दिनुपर्छ तर ओलीले त्यसरी राजीनामा दिँदैनन्, १३ दिनभित्रै संसद शुरू हुन्छ, हामीले संसदबाटै ओलीलाई कारबाही गर्छौं ।’ रावलले भने । जनताको पक्षमा सर्वोच्चले फैसला गरेको उनको भनाई छ ।