मन्त्रिपरिषदको बैठक जारी

विप्लव समूह माथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

काठमाडौँ,मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । केहीबेर ढिला गरी बैठक बसेको हो ।

आजको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धमा निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । गत शनिबार महासचिव विप्लव आफैले विज्ञप्ति जारी गरेर प्रतिबन्ध हटाए सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

त्यसपछि सरकारले जारी प्रतिबन्ध हटाउने तयारी गरेको छ ।मन्त्रिपरिषदको बैठकअघि राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो ।