पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

काठमाडौं,पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका उनी भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भएका छन्।भट्टराई आज बिहान ९ बजे भर्ना गरिएको उनका सहयोगी विश्वदीप पाण्डेले जनाकारी दिए।

भट्टराईलाई ’न्युरोएन्डोक्राइन ट्युमर’ को आशंका गरिएको छ। उपचारको लागि भट्टराई आइतबार भारत गएका हुन्।