ओली सरकार विरुद्ध प्रचण्ड–माधव पक्षको जुत्ता हान्ने आन्दोलन सुरु हुदै

काठमाडौं,ओली सरकारले संसद विघटनको प्रतिगामी घटना घटाएको भन्दै प्रचण्ड–माधव समूहको नेकपाको जुता हान्ने प्रदर्शन हुने तयारी रहेको छ ।विरोध प्रदर्शनको चौथो चरणको कार्यक्रम घोषणा गरेर अघि बढेको नेकपाका विभिन्न संद्ध संघठनहरुको आयोजनामा काठमाडौंसहित देशभर आन्दोलन, विरोध भैरहेको छ ।

त्यसैक्रममा आज प्रतिगमन विरुद्ध विद्यार्थीहरुले जुत्ताँ हान्ने कार्यक्रम गर्ने तयारी गरेका छन ।प्रचण्ड–माधव समूहको नेकपाको अनेरास्वीयुको आयोजनामा आज प्रतिगमनका विरुद्ध जुत्ताँ हान्ने कार्यक्रम हुन लागेको हो ।अनेरास्वीयुका अनुसार ओलीले गरेको संसद विघटनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरु गुम्ने तथा मुलुक प्रतिगमनतिर जाने खतरा उत्पन्न भएले संसद पुनः स्थापनाको माग सहित युवा विद्यार्थीहरु आन्दोलनमा उत्रिन बाध्य भएका छन ।

अनेरास्वीयुले आज प्रतिगमनको विरोधमा नारायणहिटी दरबार संग्राहलय अगाडी विरोध कार्यक्रम आयोजना गरेको बुझिएको छ ।आज दिउँस करिब दुई बजेतिर हुने उक्त विरोध कार्यक्रममा सहभागि विद्यार्थी युवा नेताहरुले ‘प्रतिगमनकारी विरुद्ध जुँत्ता हान्ने’ सांकेतिक कार्यक्रम गर्ने तयारी भैहरको बुझिएको छ ।उक्त कार्यक्रम अनेरास्वीयुका सह संयोजक रञ्जित तामाङको नेतृत्वमा हुन लागेको हो । अनेरास्वीयुले कार्यक्रममा सबै सचेत नागरिक तथा युवा विद्यार्थीहरुलाई सहभागि हुने बताएको छ ।

त्यस्तै नेकपाको चौथो चरणको विरोध अन्तरगत नै आज दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुन लागेको छ । देशका विभिन्न जिल्ला र प्रदेश स्तरमा दलित मोर्चाले विरोध कार्यक्रम राखेको बताइएको छ ।