डडेल्धुरामा शिक्षकद्धारा दसवर्षे वालिका बलात्कृत

काठमाडौँ,कक्षा २ मा अध्ययनरत बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४स्थित भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले २ कक्षामा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । विद्यालयको उजुरीमा हाल शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको र त्यसपछि कानुनी प्रक्रिया अघि बढ्नेछ ।