गोरखामा एकै परिवारका तीनजना मृत फेला

काठमाडौँ,गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ स्थित बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ रहेका छन् । राति सामान्य रुपमा सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले बोलाउन जाँदा मृत भेटिएका हुन् ।

उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।