अनेरास्ववियू नेतृ चन्दद्धारा सम्पुर्ण महिलालाई एकजुट हुन आग्रह

जाजरकोट,अनेरास्ववियू जाजरकोटकी नेतृ झरना चन्दले प्रतिगमनका विरुद्ध महिलाहरूलाई एकजुट हुन आग्रह गरेकी छन्। प्रचण्ड-नेपाल पक्षको अनेमा संघ जाजरकोटले आयोजना गरेको बृहत बिरोध र्‍यालीलाई सम्बोधन गर्दै नेतृ चन्दले यस्तो वताएकी हुन्।

कार्यक्रममा वोल्दै नेतृ चन्दले थपिन सयौ वर्षदेखि दमनमा परेका महिला दिदी बहिनिहरु अब न्याय र स्वतन्त्रताको लागि आवाज उठाउन जरुरी रहेको वताईन् ।पृतिसत्तात्मक समाजको रंग नपखालिउन्जेल सम्म सङ्घर्ष गर्न अपिल समेत गरेकी छन ।

निर्मला पन्तको हत्यारा पता लगाउन र भागिरतीको हत्यारालाई कडा भन्दा कडा सजायको माग गर्दै कार्यक्रममा सयौँ महिलाहरुको उपस्थिती रहेको थियो ।
आइतवार जिल्लाका सातै ओटा स्थानिय तहमा विरोध प्रर्दशन गरिएको थियो ।