ओलि पक्षले आफुलाई जिल्ला कमिटीमा राखेको प्रति वडाध्यक्ष गुप्ताको आपत्ति (विज्ञप्ति सहित)

भन्छन- अनुमति विनै मेरो नाम कमिटीमा राखियो

बाँके, आफुलाई केपि ओलि समुहको नेकपा जिल्ला समितीमा मनोतित गरेको भन्दै जानकी गाउँपालिकाका वडा नं. २ का वडाध्यक्ष चन्द्रिका प्रशाद गुप्ताले आपत्ति जनाएका छन् ।शनिबार वडाध्यक्ष गुप्ताले एक विज्ञप्ति जारी गर्दै आफ्नो अनुमति बिनानै ओलि समुहले जिल्ला समिति सदस्यमा मनोनय गरेको प्रति आपत्ति जनाएका हुन ।

उनले आफ्नो नाम जोडेर मिडियामा आएको समाचारको खण्डन गर्दै आफु ओलि समुहको जिल्ला कमिटिमा नरहेको स्पष्ट पारेका छन् ।

आफु निरन्तर केपि ओलिको प्रतिगामी कदमको बिरोधी भएको बताउदै उनले उक्त कुराको भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

यस्तो छ विज्ञप्ति