प्रचण्ड-नेपाल पक्षीय प्रेस संगठनको पुनर्गठन

इन्चार्जमा योगेश

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षले पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ।गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले प्रेस संगठनको नयाँ नेतृत्व चयन गर्दै पुनर्गठन गरेको हो । संगठनको संयोजक महेश्वर दाहाललाई यथावत् राखेर इन्चार्ज र सह-इन्चार्ज तथा पदाधिकारीहरु तोकिएको छ ।

संगठनको प्रेस संगठनको इन्चार्जमा योगेश भट्टराई र सहइन्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुङ्गाना, विष्णु रिजाल चयन भएका छन् ।यसैगरी संगठनको संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका छन्। महासचिवमा राजेश राई चुनिएका हुन् ।प्रेस संगठनले सातवटा प्रदेशसहित उपत्यका प्रदेश, एसोसियट प्रदेश, प्रतिष्ठान प्रदेशसमेत पुनर्गठन गरेको छ।

जसअनुसार प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की चयन भएका छन् भने प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्ण चुनिए ।यस्तै, वागमतीको इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन भएका छन् भने गण्डकीको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले चुनिएका छन् ।यता, लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चयन भएका छन् ।

यस्तै, कर्णाली प्रदेशका इन्चार्जमा जीवन विसी र संयोजक प्रतीक इच्छुक शर्मा चयन भएका छन् भने सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चयन भएका छन् ।उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाल चयन भएका छन् भने एसोसियट प्रदेशको इन्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री चुनिए ।प्रतिष्ठान प्रदेशको इन्चार्जमा विदुर खड्का र संयोजकमा वीरेन्द्र ओलीलाई चयन गरिएको संगठनले जनाएको छ।

यसैगरी, संयोजक महेश्वर दाहालसहित प्रेस संगठनमा १९ सदस्य रहनेछन् । जसमा केन्द्रीय कार्यालयमा साबिक प्रेस चौतारी (पूर्वएमाले)र साबिक प्रेस सेन्टर (पूर्वमाओवादी) बाट बराबरी नौ-नौ जना सदस्य रहने संगठनले जनाएको छ ।साबिक प्रेस चौतारीबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन,अमृतनाथ तिमल्सिना,शुरोजंग पाण्डे,हेमकर्ण विक र चमिना भट्टराई तोकिएका छन् ।

यता, साविक प्रेस सेन्टरबाट मनोज घर्तिमगर, देवराम यादव ,कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी चयन भएका छन् ।