नेपालमा थप ८० जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ फाल्गुन ९, आईतवार १७:१५
प्रकासित समय : १७:१५
काठमाडौँ,नेपालमा थप ८० जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको छ ।