बलात्कारीलाई फाँसीको मागगर्दै अखिल नेपाल महिला संघ सुर्खेतको प्रर्दशन

सुर्खेत,बलात्कारीलाई फाँसीको माग गर्दै प्रचण्ड-माधव समुहको अखिल नेपाल महिला संघ सुर्खेतले प्रर्दशन गरेको छ।

आईतबार वीरेन्द्रनगरको मंगलगढि चौकबाट सुरु भएको प्रर्दशन वजार परिक्रमा गरी पिपल चौतारा पुगेर कोण सभामा परिणत भएको थियो।बलात्कारीलाई फाँसी दे, प्रतिगमन मुर्दावादअनेम संघ जिन्दावाद,निर्मला पन्तको हत्यारालाई कार्वाही गर जस्ता नाराहरु लगाएर प्रर्दशन गरेका थिए।

वैतडीकी भागरथि भट्टको बलात्कारीलाई फाँसीको माग गर्दै अनेम संघले प्रर्दशन गरेको महिला नेतृ एवम् प्रदेश सभा सदस्य सिता नेपालीले जानकारी दिईन् ।देशमा भएका बलात्कारका घटनाहरुका दोषीलाई कारबाही गर्न वर्तमान सरकार चुकेको भन्दै तत्काल कारबाहीको दायरमा ल्याउन तथा फाँसीको माग गर्दै प्रर्दशन गरिएको उनिहरुको भनाई रहेको थियो।

प्रर्दशनमा प्रदेशसभा सदस्य सिता नेपाली,सांसद पद्यमा खड्का लगायतका महिला नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।