राष्ट्रिय युवा संघको दोस्रो पुर्ण बैठकबाट सचिवमा सुनिता कार्की

काठमाडौँ,राष्ट्रिय युवा संघ नेपाल (ओली)पक्षको केन्द्रीय समिति सचिवमा सुनिता कार्किलाई चयन गरेको छ। युवा संघको केन्द्रिय कमिटीको दोस्रो पूर्ण बैठकबाट सुनिता कार्कीलाई सचिव पदमा चयन गरेको हो ।लामो समय युवा संघको राजनितिमा क्रियाशिल कार्की पुर्व माओबादी निकटकी युवा नेतृ मानिन्छिन्।प्रचण्ड र माधब नेपाल समुह बाहिरिएपछि नेकपाको युवा संघले केन्द्रीय समिति पुर्नगठनको काम अन्तिम चरणमा पुर्याएको छ ।

आगामी आमचुनावलाई लक्षित गर्दै युवासंघले केन्द्रीय समिति बिस्तार गरेको हो ।युवा संघको केन्द्रीय समिति बैठकले बच्चनबहादुर सिंहलाई अध्यक्ष र किरण पौडेललाई सहअध्यक्ष चयन गरेको थियो । त्यस्तै युवा संघको उपाध्यक्ष सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम, सुमन पुरी वनेका थिए ।महासचिव रमेश आचार्य चयन भएका थिए । उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारीलाई मनोनयन गरिएको थियो ।

त्यसैगरी राजन थापा, सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई यस अघिनै सचिवमा चयन भइसकेका थिए।

त्यसैगरी युवा संघले मुकेश बुढाथोकीलाई कोषाध्यक्ष बनाएको थियो । राकेश लामा र हिमेश केसीलाई सहकोषाध्यक्ष बनाइएको थियो। भने लेखा आयोग प्रमुखको जिम्मेवारी सुदीप सापकोटालाई दिएको थियो ।