मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने

विराटनगर,प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरबहादुर राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ ।आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेश सभा नियमावली २०७४ को नियम १२९ ९१० बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ ९४० बमोजिम पेस हुने उल्लेख छ ।आइतबार बिहान मुख्यमन्त्री राईले सूचना टाँस गरी बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए ।

तर, सभामुख भण्डारीले भने नराम्रो सन्देश जाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका थिए । यसअघि २५ माघमा पनि अविश्वास्को प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर ओली पक्षको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको थियो।