सामुदायिक बन उपभोक्ता समुहका अध्यक्षले ब्यापक भ्रष्टाचार गरेको खुलाशा(भिडियो सहित)

सुर्खेत,सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ र ३ मा पर्ने सिर्जना सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष खड्ग वहादुर सुनारले ब्यापक रुपमा भ्रष्टचार गरेको खुलाशा भएको छ ।

उपभोक्ता समुहमा व्यापक चरम दामासाही,मनपरी,भ्रष्टचार भएको स्थानियले वताएका हुन् । स्थानिय उपभोक्ताहरुले एक भेला गरी प्रत्रकारहरुसंग गरेको कुराकानीमा अध्यक्ष सुनारले उपभोक्तामाथी दमन अत्याचार,तानाशाही र धम्कावट प्रविधी लादिएको उपभोक्ता खम्वजंग थापाले वताएका हन्।

थापाका अनुसार विगत २९ बर्ष देखि लगातार रुपमा अध्यक्ष पदमा रहदै आएको र अध्यक्ष पद परिवर्तन गरौँ भन्दा मार्ने तथा गाउँनिकाला गर्ने समेतको धम्की दिने गरेको वताए।अध्यक्ष सुनारले उपभोक्तामाथी दमन र तानाशाहीकरण लादेर उपभोक्ताहरुको चरम शोषण दमन गरेको खुलेको छ।उपस्थित स्थानियले जानकारी दिए अनुरुप वन पैदावार सम्बन्धी विभिन्न सिर्षकका आम्दानीका स्रोतहरुको विल भौचरहरुमा मनपरी दामाशाही गरेर आम्दानीहरु कम देखाएको बताएका छन् ।

उपभोक्ताले सो विषयको जानकारी लिन खोज्दा पागल भनेर धम्काएको समेत जानकारी दिए ।उपभोक्ताले बेलाबेला सम्बन्धित निकायसंग निबेदन दिदापनि व्वास्ता नगरेको वताए ।देशका विभिन्न ठाउँमा यस्ता चरम लापरभाही भएको देखिन्छ । सरोकारवालाको ध्यान छिट्टोभन्दा छिट्टो जाओस् ।

भिडियो