प्रेस संगठन बाँकेको जिल्ला भेला सम्पन्न, सह-संयोजकमा आचार्य

नेपालगन्ज, प्रेस संगठन बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार नेपालगन्जमा सम्पन्न भेलाले संगठन विस्तार गर्दै संगठनको सह-सयोजकमा राजेश आचार्यलाई चयन गरेको छ ।भेलाले सह-सयोजकमा आचार्य संगै अन्य ३७ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

डक्ट प्रसाद धिताल नेतृत्वको संगठनका सह-संयोजक रहेका हेमन्त विक अोलि पक्षिय पत्रकार संगठन तिर लागेपछि उनको स्थानमा आचार्यलाई नियुक्त गरीएको हो ।

त्यसैगरी संगठनको जिल्ला कार्यसमिति सदस्यमा बाँकेका विभिन्न संचारमाध्यममा कार्यरत ३७ जना पत्रकारलाई मनोनित गरीएको संयोजक डक्ट प्रसाद धितालले जानकारी दिए ।

जसमा शुसिला शर्मा, किस्मत अलि शेष, जीवन सिंह ठकुरी, प्रकाश क्षेत्रि,शुभाखर बिश्वकर्मा, इरफान अलि, कल्पना कार्की, बिन्दु बिसी, बिपिन खडका, चन्द्र बोहरा, पहल केसी, लोकनाथ शर्मा, शिवम गुप्ता, धर्म गौतम, राम गोपाल बिक, बिधुत्मा रैका भुजेल, इश्वरी बहादुर केसी, धुर्ब चौधरी, हरी देवकोटा लगायत रहेका छन् ।

मनोनित गरिएका जिल्ला समिती सदस्य सदस्यहरुलाई फागुन १५ गते एक अौपचारीक कार्यक्रमका बीच सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको संयोजक धितालले जानकारी दिएका छन् ।

प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धितालको संयोजकत्वमा भएको कार्यक्रममा नेकपाका नेता एवं संबिधान सभा सदस्य दल बहादुर सुनार, नेकपा नेतृ एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी (नमुना), नेकपा बाँकेका सचिव अशोक कोइराला, नेकपा लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने, अग्रज पत्रकार भिम रावत, शिव सुनार तथा प्रेस संगठनका नेताहरुले मन्तब्य राखेका थिए ।

जिल्ला भेला सम्पन्न, सह-संयोजकमा आचार्य

नेपालगन्ज, प्रेस संगठन बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार नेपालगन्जमा सम्पन्न भेलाले संगठन विस्तार गर्दै संगठनको सह-सयोजकमा राजेश आचार्यलाई चयन गरेको छ ।

भेलाले सह-सयोजकमा आचार्य संगै अन्य ३७ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।