प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेस

काठमाडौँ,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ ।

प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो ।प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।

प्रस्ताव पेस भएसँगै बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ ।ओली समूह ९मुख्यमन्त्री राई समूहका सदस्य बैठकमा सहभागी भएका थिएनन् ।