पार्टी छोडेर भूल गर्नेहरूलाई आफूसँग फर्कन ओलीको अनुरोध

धनकुटा,प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई गलत बाटो छोडेर आफूमा समाहित हुन पुनः आह्‍वान गरेका छन्। विराटनगरमा शनिबार आयोजित जनसभामा बोल्दै ओलीले जनताको सागरमा सामेल हुन मन भए फर्किन अनुराध गरेका हुन्।आफूहरुको उद्देश्य वादविवाद गर्ने नभएको बताउँदै ओलीले प्रचण्डले अहिले झाँक्रीको सहारामा पुगेको भन्दै व्यंग्य गरे।

डाक्टर र वैद्यले छाडेपछि प्रचण्ड झाँक्रीको शरणमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए।प्रधानमन्त्री ओलीले सुरुमा वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको शरणमा पुगेको टिप्पणी गरेका हुन। तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने प्रधानमन्त्री ओलीले बताए। सिद्धिएका प्रचण्डलाई आफूले सिङ हाल्दिएको प्रधानमन्त्री ओलीको तर्क थियो। आफूले लगाइदिएको सिङ बढेपछि प्रचण्डले आफूलाई सिध्याउन लागिपरेको आरोप लगाए।

प्रचण्ड–माधव पक्षले काठमाडौंमा गरेको सभालाई इंगित गर्दै ओलीले विराटनगरमा सभा हेर्न आउन आग्रह गरे।ओलीले विकास निर्माणको क्षेत्रमा सरकारले ऐतिहासिक तीब्रताको साथ काम गरेको बताउँदै अर्को वर्षमात्रै नेपाल विकासिल मुलुकमा स्तर उन्नति हुने दाबी गरे। विभिन्न तथ्यांक उल्लेख गर्दै उनले २०२२ सम्ममा विकासिल हुने र सन् २०३० भन्दा अगाडि नै दिगो विकासको लक्ष्यमा पुग्ने दाबी गरे।

प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको भ्याक्सिनका डोजहरु पनि चीनबाट ल्याउन लागिएको उल्लेख गर्दै, जनतालाई खान, लाउने, शिक्षा, स्वास्थ्यको पहुँमा पुग्न सक्ने अवस्था सिर्जना गर्ने, सामाजिक न्यायको क्षेत्रमा विभेद अन्त्य गर्ने, अन्धविश्वासमा नभएर आधुनिक, विकासित समाज निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।