कर्णालीका हलिया र घुमन्तेको पिडा उस्तै

के हुन त हलियाहरुका समस्या ?

सुर्खेत,कर्णाली प्रदेशका हलिया तथा घुमन्ते जाती भनेर चिनिने (राउटे)हरुको पिडा उस्तै उस्तै रहेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरिय मुक्त हलिया समुदायका समस्या र सवालमा सरोकारवालाहरु विच एकदिवसीय कार्यशाला गोष्टीमा आफ्नो पिडा सुनाउदै अधिकांस हलियाहरुले गहभरी आसुँ पारेका थिए।उनिहरुले खाने खाना नपाएर बिष खायर सम्पुर्ण परिवार मृत्युको मुखमा पुगेको तितो घटना सुनायर उपस्थित सबैको आँखामा आँसु पारेका थिए।

हलिया प्रथा मुक्त भएपनि त्यसको बदलामा अधिया प्रथा संन्चालन भएको समेत वताए।मुक्त हलिया जंकु चौधरीका अनुसार सम्पुर्ण मेहनेत,बिउविजन मजदुरको भएपनि जग्गाधनीलाई आधा दिनुपर्ने बाध्यता रहेको छ।बिस बर्ष हलिया बसियो अनि हलिया मुक्त भईसकेपछि अहिले अधिया बसेर जिवन चलाएको वताए।मुक्त हलिया कार्यक्रम पनि कार्यक्रममै सिमित रहेको सुनाए।

अर्को मुक्त हलिया रोषनी सुनारको अनुसार मूक्त हलिया कार्यक्रम लागु भएदेखि झन घरन घाटको भएको वताए । कर्णालीमा बसोवास गर्ने राउटे जातीको अबस्था पनि उनिहरुको भन्दा कम छैन । राउटेलाई लक्षित गरि सरकारले थुप्रै कार्यक्रम ल्यायर आयो तर जिबनयापन उस्तै रहेको छ । कुनैपनि परिबर्तन रहेको देखिदैन ।कर्णाली प्रदेशको कृषि मन्त्री बिमला के सीले गोष्टीलाई संम्बोधन गर्दै दलितलाई प्राथमिकतामा राखेर आफुले काम गरेको वताईन् ।

लक्षित बर्गको कार्यक्रम यहिबर्ष लियर जान समेत अनुरोध गरिन् ।कर्णालीका तिन ओटा जिल्ला नभई दस ओटै जिल्लामा मुक्त हलिया समस्या रहेको र त्यसको सत्यतथ्य पहिचान समेत हुनुपर्ने वताईन् ।हलियाहरुलाई जमिन दिने अधिकार प्रदेश सरकारलाई नरहेको समेत जानकारी दिईन् ।

के हुन त हलियाहरुका समस्या?

आधारभुत आवश्यकता (बाँस,गरिखाने जमिन शिक्षा,स्वास्थ्य,रोजगार ) पुरा नहुनु ,हलिया सम्बन्धी सुक्ष्म अध्ययन अनुसंन्धान नहुनु,हलियाका बास्तविकता सुनी निती तथा कार्यक्रम बनाउन नसकिनु,राज्यले घोषणा गरेहनुसारका कार्यक्रम दिन नसक्नु,हलियाको पक्षमा वकालत गर्नेको केन्द्रमा पहुँच नहुनु आदी समस्या रहेका छन् ।

गोष्टी कार्यक्रममा कृषि मन्त्री बिमला के सी,सांसद सिता नेपाली,सांसद दानसिंह परियार लगायतका नेता कार्यकर्ता पत्रकार र मुक्त हलिया हरुको बाक्लो उपस्थिती रहेको थियो ।