भोलि भारतबाट १० लाख डोज खोप ल्याउँछौँ

काठमाडौँ, सरकारले आइतबार भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गरेर ल्याउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा भएको कार्यकर्ता भेलामा सम्बोधन गर्दा सरकारले खरिद गरेर ल्याउने भनेको २० लाख डोजमध्येको १० लाख डोज खोप भोलि आउने बताएका हुन्।

उनले भने, ‘सरकरारले खरिद गर्ने भनेको २० लाख मध्ये १० लाख डोज कोरोना विरुद्धको खोप भोलि आउँछ अरू विस्तारै आउँछ।’ भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप कोरोनाविरुद्धको खोप दिएको थि‍यो । उक्त अनुदानको खोप अहिले विभिन्न प्राथमिकतामा परेकाहरुलाई लगाउने क्रम जारी राखिएको छ ।

सरकारले उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्नेछ। दोस्रो चरणमा ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरूलाई खोप लगाउने छ।