प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको छ ।