एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै

आजै फैसलाको मिति टुंगो लाग्नसक्ने

काठमाडौं,प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस सुरु भएको छ ।शुक्रबार एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। बहस आजै सकिने सम्भावना रहेको छ । यसअघि ४ जना वरिष्ठ अधिवक्ताले इजलासलाई राय दिइसकेका थिए।

यसअघि बहस गरेकामध्ये तीन अधिवक्ता संसद विघटन गर्न नमिल्ने पक्षमा देखिएका छन् भने एक अधिवक्ताले संसद विघटन हुन सक्ने राय दिएका छन्।वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र पूर्णमान शाक्यले संसद विघटन गर्न नमिल्ने बताएका हुन् भने वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यताका कारण प्रतिनिधि सभा विघटन भएको राय दिएका थिए ।

त्यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए।संग्रौलाको राय सकिए आजै फैसला आउने मिति टुंगो लाग्ने सम्भावना रहेको छ।