दोषीलाई पक्राउ गर्न सफल भएपछि प्रहरीलाई फुलमाला

काठमाडौं,बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यापछि बलात्कार घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरिएको छ ।घटनामा दोषीलाई पक्राउ गर्न सफल भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीको टोलीलाई खोचलेकबासीले फुलमाला लगाएर सम्मानसहित बिदाई गरेका हुन् ।

 

डीएसपी सुवेदीसहितको टोली अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय, बैतडी आएको छ । घटनाका आरोपी सनातन माविमा अध्ययनरत दिनेश भट्टलाई हिरासतमा राखिएको छ । उनीमाथि अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ ।घटना घटेको १३ दिनपछि डिआइजीको सुवेदीको टोलीले अपराधीलाई पत्ता लगाउन सफल भएको हो ।

घटनामा डिआइजी सुवेदी आफैँ गएर अनुसन्धान गरेका थिए । यस्ता घटनामा प्राय बिरल्ले डिआइजी गएर अनुसन्धान गर्ने गर्दछन् तर, निर्मला पन्तजस्तो घटना नदोहोरियस भन्ने उद्धेश्यका साथ डिआइजी सुवेदी आफैँ अनुसन्धानमा खटिएका थिए ।