रेसिंग साहाराले जित्यो सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको उपाधि

कोहलपुर, बाँकेको कोहलपुरमा सम्पन्न स्वर्गीय सुजता राई अधिलारी स्मृति फुटबल प्रतियोगिताको उपाधि रेसिंग साहारा क्लव ‘ए’ ले जितेको छ ।मंगलबार सम्पन्न खेलमा न्यू डाँफे स्पोर्टस क्लब खजुरालाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै साहाराले उपाधि पक्का गरेको हो ।

खेलको पहिलो हाफको २६औँ मिनेटमा रेसिंग साहारा क्लबका खेलाडी सुमन लामाले पहिलो गोल गरेका थिए । साथै हाफ पछिको खेलमा न्यू डाँफे स्पोर्टस क्लबका तर्फबाट जबाफी गोल गरिएको थियो ।

त्यस्तै खेलको अन्त्य तिर रेसिंग साहारा क्लबका खेलाडीहरुले पुन दुई गोल गर्दै जित हासिल गरेका हुन । बिजयी भएको टिमले एक लाख २२ हजार नगद र उपबिजेता टिमले ५० हजार नगद प्राप्त गरेका छन ।

कोहलपुर १३ बिहागमा माघ २५ गते देखि सुरुभएको प्रतियोगितामा बिभागिय टिम सहित १४ वटा क्लबहरुको सहभागीता रहेको थियो । उक्त प्रतियोगिता कोहलपुर क्षेत्रकै सबैभन्दा ठुलो पुरस्कार राशीको फुटबल प्रतियोगिता रहेको आयोजकले जनाएको छ ।