नेपालमा थप १०५ जनामा कोरोना पुष्टि

अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५

काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ३०३ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ ।

आज कोरोनाबाट कुनै व्यक्तिको मृत्यु भएको छैन ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५८७ रहेको छ ।