आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप

चार जना घाइते

काठमाडौं,रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको थियो ।

क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते भएका छन् । घाइते हुनेमा प्रचण्ड-नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत छन् । झडपमा एक जनाको दाँत र एक जनाको हात भाँच्चिएको एक विद्यार्थी नेताले बताएका छन्। उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्नलाई कारबाही गर्न घाइतेहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी दिएका छन् ।