ओली पक्राउ पर्ने दिन धेरै टाढा छैनः सुरेन्द्र पाण्डे

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली पक्राउ पर्ने दिन पनि आउन सक्ने बताएका छन् ।मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको फेसबुकमा लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै नेता पाण्डेले नेतृ रामकुमारी झाँक्री गिरफ्तारीको प्रसंगमा यस्तो बताएका थिए ।

कुराकानीमा नेता पाण्डेले सरकारलेअभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेर नेतृ झाँक्रीलाई पक्राउ गरेपनि थुनेर राख्नसक्ने क्षमता नरहेको टिप्पणी समेत गरे।जनताको सामू जुनसुकै शक्ति पराजित हुने पाण्डेको भनाई रहेको थियो।

म्यान्मारमा सैनिकले गरेको कू को उदाहरण दिँदै नेता पाण्डेले भने, ‘ओली पक्राउ पर्ने दिन आउँदैन रु आउन सक्छ नि। हिजो बर्मामा मिल्ट्रीले ‘कू’गर्दै त्यहाँको प्रधानमन्त्रीलाई लगेर नजरबन्द र थुनामा राखेका छन् भने अहिले हामी सँगसँगै आन्दोलन गरिरहेका बेला यो घटना घटेको छ।ओलीको पनि यो दिन धेरै टाढा छैन ।’