अर्मेनियासँग बायर्नको बराबरी

काठमाडौँ,जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्नले अर्मेनियासँग ३(३ को बराबरी खेल्दै अंक बाँडेको हो ।खेलको नवौं मिनेटमा मिचेल भिलापले गोल गर्दै पाहुना टोली अर्मेनियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि ३७औं मिनेटमा आमोसले गोल गरेपछि अर्मेनिया पहिलो हाफमा २-० ले अघि बढेको थियो । ४८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर, त्यसको एक किनेटमैं क्रिस्टियन गेवाअरले गोल गर्दै अर्मेनियालाई ३-१को अग्रता दिलाए ।

त्यसपछि खेलको ५७औं मिनेटमा बायर्नका कोरेन्टिन टोलिसोले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ७०औं मिनेटमा अलफन्सो डाभिसले गोल गरेपछि बायर्न हारबाट जोगियो । बराबरीसँगै शीर्षस्थानको बायर्नले २१ खेलबाट ४९ अंक जोडेको छ ।