शिक्षक शिक्षाको आबश्यकता र चुनौती बिषयक कार्यशाला गोष्ठी सम्पन्न

कोहलपुर, बर्तमान सन्दर्भमा शिक्षक शिक्षाको आवस्यकता र चुनौती बिषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । आइतबार मध्यपश्चिम बिश्वबिद्धालय, बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तह शिक्षा शास्त्र संकाय दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुको आयोजना तथा शिक्षा शास्त्र सकायको समन्वयमा उक्त कार्यशाला गोष्ठी सम्पन्न गरिएको हो ।
स्नातकोत्तर तह दोस्रो सत्रमा अध्यनरत छात्रा चन्द्रकला आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी क्याम्पस प्रमुख शिशिर कुमार शर्मा रहेका थिए ।

स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरु ओमकार शर्मा, शान्ती रावत, सुर्य थापा र भिम प्रसाद न्यौपानेद्वारा तयार पारियको कार्यपत्र ओमकार शर्माले प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्र माथी अङ्ग्रेजी शिक्षाका उप-प्राध्यापक दान बहादुर हमाल, स्वास्थ शिक्षाका उप-प्राध्यापक तोयानाथ पहाडी, पाठ्यक्रम तथा मुल्यांकन बिषयका उप-प्राध्यापक टेकेन्द्र कुमार महतरा र नेपाली शिक्षाका शिक्षण सहायक ललित प्रकाश चन्दले टिप्पणी गरेका थिए ।

टिप्पणीकर्ताहरुले कार्यपत्रको विविध पाटोमा टिप्पणी गर्दै समग्रमा कार्यपत्र समय सान्दर्भिक भएको र यस्लाई परिमार्जन गर्दै संवन्धित निकायमा सम्प्रेषण गर्ने सुझाव दिएका थिए ।

बर्तमान सन्दर्भमा शिक्षक शिक्षाको महत्त्व अतुलनीए रहेको भएता पनि बिश्वबिद्धालयहरुले सचालन गर्दै आएको शिक्षा शास्त्र सकायलाई बजारमुखी बनाउनु पर्ने र आधुनिक तथा प्रबिधियुक्त शिक्षण गर्न सक्ने शिक्षक उत्पादन गर्ने पाठ्यक्रम तयार गरी लागू गर्नुपर्ने कुरा औंल्याएका थिए ।

कार्यक्रममा अभ्यास शिक्षण समितिका प्रमुख प्रमोद सुवेदी तथा पाठ्यक्रम तथा मुल्यांकन शिक्षण समितिका प्रमुख एकराज शर्माले धन्यवाद मन्तव्य राख्दै कार्यक्रमको सयोजन गर्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने पाठ्यक्रम तथा मुल्यांकन बिषयका उप-प्राध्यापक टेकेन्द्र कुमार महतरा र कार्यक्रमको आयोजना गर्ने दोस्रो सत्रका बिद्यार्थीहरुलाई बिशेष धन्यवाद दिएका थिए । दोस्रो सत्रकी छात्रा सीता मल्लद्धारा सन्चालन गरिएको कार्यशाला गोष्ठिमा स्वागत मन्तव्य भने छात्र उपेन्द्र बिष्टले राखेका थिए ।

बागेश्वरी बहुमुखी क्याम्पसको शिक्षा शास्त्र सकायको गुणस्तर अभिबृदि गर्न कार्यशाला गोष्ठी ज्यादै लाभदायिक भएको कुरा सहभागी बिद्यार्थी तथा प्राध्यापकहरुले बताए ।