कर्णाली प्रदेश सरकारले मनायो तेस्रो वार्षिकोत्सव

कांग्रेस रओली समूह सहभागी भएनन्

सुर्खेत,कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारको स्थापना कालको तेस्रो बार्षिककोत्सवको उपलक्ष्यमा कार्यक्रमको आयोजाना कर्णाली सरकारले गरेको हो।आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल पक्षमा उभिएका मन्त्री,नेता कार्यकर्ताको उपस्थिती रहेको देखिन्थ्यो।नेकपाको(केपी ओली) र नेपाली कांग्रेसले अघोषितरुपमा बहिष्कार गरेको जस्तो देखिन्थ्यो।सोमबार मुख्यमन्त्री कार्यालय नजिक रहेको चौरमा तेस्रो वार्षिकोत्सव कार्यक्रम भइरहँदा कांग्रेस र ओली समूहका सांसद उपस्थिति थिएनन्।कार्यक्रममा राप्रपाकी सांसद पनि उपस्थित भइनन्।ओली समूहका सांसद गुलावजंग शाहले आफूहरुलाई वार्षिकोत्सवबारे जानकारी नभएको बताएका छन्।उनले भने, ‘वार्षिकोत्सबबारे जानकारी भएन, म आफनो महत्त्वपूर्ण कामले निर्वाचन क्षेत्रमा लागिरहेको छु।

सरकारले के के गर्छ हामीलाई थाहा नै हुदैन ।’वार्षिकोत्सवमा सहभागी नभएको नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाहीले आफू कामले काठमाडौं भएको र ढिला जानकारी भएकोले सहभागी हुन नसकेको बताए।‘म काम विशेषले काठमाडौंमा छु, हिजो साँझमात्रै खबर आएको थियो, उनले भने,अरु साथीहरु पनि काम विशेषले बाहिर हुनुहुन्छ।प्रदेश सरकार स्थापना दिवस हो, त्यसमा सहभागी हुनैपर्छ भन्ने पनि छैन्।

कार्यक्रममा कर्णाली प्रदेश प्रमुख गोविन्द प्रशाद कलौनी,मुख्यमन्त्री शाही, सभामुख,उपसभामुख,मन्त्री लगायत थुप्रै नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।कर्णाली प्रदेशका खेलाडि स्थानिय कलाकार तथा विद्यार्थि हरुले आ-आफ्नो प्रस्तुती समेत देखाएका थिए।कर्णाली प्रदेशमाा योगदान पुर्याउने संघ संस्था,कर्णाली प्रदेशलाई सहयोग गर्ने व्यक्ति तथा शहिद हरु प्रति उच्च सम्मान गर्दै कदरपत्र समेत प्रदान गरिएको थियो ।