ललिता निवास प्रकरणः सर्वोच्चले नेपाल र भट्टराईविरूद्ध अदालतमा अभियोगपत्र झिकाउन आदेश

काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्धा चलाउन माग गर्दै परेको रिटमा प्रमाण झिकाउन आदेश दिएको छ ।

file photo

आइतबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको हो । ललिता निवास प्रकरणमा अख्तियारले नीतिगत निर्णयमात्र गरेको भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

तर, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय गरेकाले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए।