जनयुद्ध दिवसमा जन्मदिन मनाउदै साम्राज्यले वाडिन खेलकुद सामाग्री

कालिकोट,२६ औँ जनयुद्ध दिवसको अवसर पारेर आफ्नो जन्मदिन मनाउदै साम्राज्य शाहीले खेलकुद सामाग्री बितरण गरेकी छन् । जिल्लाको पचालझरना गाउँपालिका ८ मा बुवा यज्ञराज शाही र आमा वसना शाहीको कोखबाट जन्मिएकी साम्राज्यले खेलकुद सामाग्री वितरण गरेकी हुन ।

पचालझरना गााउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहका विच पालिकाको प्रत्यक वडाहरुलाई एउटा भलिवल र नेट वितरण गरिएको थियो । साम्राज्यका वुवा यज्ञराज शाहीका अनुसार कालिकोटको खेलकुद क्षेत्रलाई माथी उकास्नको लागि खेलकुद सामाग्री वितरण गरिएको वताए । पहाडी जिल्ला भएकोले कालिकोटमा अरु खेलकोे तुलनामा भलिवल खेललाई बढि प्राथमिकता दिने गरेको कारण भलिवल र नेट वितरण गरिएको समेत जानकारी दिए ।

सामाज्य शाहीका अनुसार आफ्नो जन्मदिन मनाउदा अरु बर्षको भन्दा यो बर्ष अलि पृथक अलि फरक भएको वताईन ।वितरित खेलकुद सामाग्री गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल मार्फत हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा अध्यक्ष सेजुवालले जन्मदिनको सुभकामना दिदै पचालझरना गाउँपालिकाको खेलकुद क्षेत्रको लागि आफु जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको समेत वताए ।

भवन उद्घाटन् कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मेहेन्द्र वहादुर शाही,गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधी ,स्थानिय नेता कार्यकर्ता लगायत हजारौँ स्थानियबासिको उपस्थिती रहेको थियो ।