सुर्खेतमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टरको नयाँ आयाम

सिकाई संगै रोजगारको अवसर

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरको शहिद पार्क जाने बाटो सुर्यमुखि टोलमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाको प्रमुख आतित्थतामा संचालनमा आएको हो । कर्णाली प्रदेशका उजागर युवा उद्यमी केशव कठायतको निजी लगानीमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ निर्माण भई संचालनमा आएको हो ।

संचालक कठायतका अनुसार ‘कुलिनरी द हस्पीटाली सेन्टर’ सुर्खेतले पर्यटन विकासको लागि कर्णालीको अर्गानिक खाद्यन्नको बजारिकरण गर्न र हस्पालिटी मार्फत दक्ष जनशक्ति उत्पादन गरेर कर्णाली मै रोजगारीको अवसर प्रदान गर्ने उद्येश्यले संचालनमा आएको वताएका छन् ।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री वुढाले कर्णालीमा पर्यटन प्रर्बद्धन मार्फत रोजगार सिर्जना गर्ने उद्येश्यले थुप्रै कार्यक्रम ल्याएको वताए । पर्यटन प्रर्वद्धनको क्षेत्रमा निजी क्षेत्रको निकै ठुलो भुमीका रहेको,निजी क्षेत्रलाई जुनसुकै अबस्थामा सहयोग र सर्मथन गर्न कर्णाली सरकार र आफ्नो मंन्त्रालय तत्पर रहेको वताए ।

यस ‘कुलिनरी द हस्पीटालि सेन्टर’बाट उत्पादित जनशक्तिलाई कर्णाली मै व्यबसायिक रुपमा लागिपर्न आग्रह गरे र त्यसको लागि कर्णाली सरकारले अनुदानका कार्यक्रम सरकारले ल्याउने समेत जानकारी दिए ।सुन्दर,शान्त र बजारको कोलाहलबाट थोरै टाढा संचालनमा आएको ‘कुलिनरी द हस्पीटालि सेन्टर’ले कर्णाली प्रदेशमा एक नयाँ ढंगको अवसर सिर्जना गरेको छ । उद्घाटन कार्यक्रमा उपस्थित व्यक्तिहरुले कर्णालीमै उत्पादन भएको खाद्यन्नबाट निर्मित परिकारहरुको स्वाद समेत लिएका थिए ।

 संचालनमा आएलगतै यस ‘कुलिनरी द हस्पीटालि सेन्टर’मा २० जना भन्दा बढि कर्णालीका युवाहरुले सिप सिक्ने मौका पाएका छन् । र यो प्रक्रियालाई चरणबद्ध रुपमा अघि वढाइने संचालक कठायतको धारणा रहेको छ । सुर्खेतमा पर्यटनको क्षेत्रमा यो एउटा नयाँ आयामको रुपमा सावित भएको र यसले कर्णालीको अर्गानिक खाद्यन्नलाई विश्व वजारमा वजारीकरण गर्नमा ठुलो टेवा पुर्याउने सर्वसाधारण हरुको धारणा रहेको थियो ।