एकोहोरो शंख बजाएर सरकारविरुद्ध आन्दोलन

काठमाडौं,वृहत नागरिक आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

शुक्रबार वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड-रत्नपार्क-भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छन्।