प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलर

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

त्यसका लागि केन्द्रीय कार्यालयले सबै जिल्लामा सर्कुलेसन समेत गरेको छ ।सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई जनयुद्ध दिवस मनाउन अनुरोध गरिएको छ ।

तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्व थालेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि सोही दिनको सम्झनामा जनयुद्ध दिवस मनाइन्छ।