नेपालमा थप ८१ जनामा कोरोना पुष्टि

कोरोनाबाट थप ५ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार ६६० जना स‌ंक्रमणमुक्त भएका छन् ।

आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५२ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ ।