विप्लव, वैद्य, कट्टेल र आहुतीको संयुक्त मोर्चा घोषणा

मोर्चामा १५ सदस्यीय टोली गठन

काठमाडौं,प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ । बुधबार एक कार्यक्रमबीच चार दलले संयुक्त मोर्चा घोषणा गरेको हो ।

रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल रहेका छन् । पछि तीन जना सदस्य थपिने छन् । मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्ने मोर्चाले जनाएको छ ।

यस्तै, मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्नेछ ।मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल(आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

यस्तो छ अवधारणा