रामकुमारी झाँक्री रिहा

काठमाडौँ , राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको आरोपमा पक्राउ परेकी नेतृ रामकुमार झाँक्रीलाई प्रहरीले   रिहा गरेको छ । । श्रीमान पशुपति पुरीको जिम्मा लगाएर महानगरीय अपराध महाशखाले रिहा गरेको हो ।

प्रहरी कार्यालयमा भएको करिब पाँच घन्टा लामो छलफलपछि प्रहरी उनलाई छाड्न तयार भएको हो । राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको भनेर उनले प्रहरी कार्यालयमा कागज गरेपछि छाडिएको महाशाखाका एक प्रहरी अधिकारीले बताए ।

प्रहरीले राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पूर्जी जारी गरी उनलाई घरबाटै पक्राउ गरेको थियो । भाषणको विषलाई लिएर पक्राउको विरोधमा आलोचना भइरहेको छ ।