जानकी गाउँपालिकामा धमाधम सडकको स्तरउन्नती हुँदै

यसरी गरियो शिल्यानास

नेपालगन्ज, बाँके जानकी गाउँपालिका भित्र पर्ने भित्रि सडकहरुको स्तरउन्नती भैरहेको छ । गाउँपालिकाको पहलमा भित्री सडकहरुको स्तरउन्नती धमाधम भैरहेको हो ।

जानकी गाउँपालिका वडा नं ६ खुला प्रिप्रहवा खुल्ला काराकारदेखी कोहलपुर नगरपालिका वडा नं १४ सम्मा ८ मिटरको फराकिलो सडकको स्तरउन्नती हुन लागेको बताइएको छ । करिब १२ सय मिटर लामो सडकलाई कालोपत्रे गर्न लागिएको हो । 

सडकको शिलान्यास वडा नं ६ का अध्यक्ष राम सुरेश यादवले गरेका हुन । करिब ३ करोडको लागतमा निमार्णधिन सडकको निमार्णको जिम्मा पुष्प अञ्जली निमार्ण सेवाले लिएको बताइएको छ । पछिल्लो समय जानकी गाउँपालिका आफ्ना गाउँपालिका भित्र रहेका भित्री सडकहरुको धमाधम स्तरउन्नती तर्फ लागेको छ ।