पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ

गजल

ढकमकै फुलेको छ फुल, मौसम यस्तै छ ।
पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ ।

यति सुन्दर मायाको वस्तिमा बाढी आएपछि
कसले पो थापिदिन्छ र पुल, मौसम यस्तै छ ।

आकाशमा उड्ने पन्छि जाली भित्र फसेको छ,
जानीजानी कसले गर्छ र भुल, मौसम यस्तै छ ।

जिन्दगीमा हुरी आयो, सपनाको घर उडायो,
थामीएका छैनन् यी आँखाका मुल, मौसम यस्तै छ।

घर जले, सपना जले, मेरो भन्नु यहाँ केही रहेन
टाढिएका छन् आफन्तका हुल, मौसम यस्तै छ ।

कोल्हबि ८, बारा