आन्तरिक राजस्वको महानिर्देशकमा दीर्घराज मैनाली

काठमाडौं ,आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयले हालै राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो। सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन् ।

यसअघि महानिर्देशक रहेका विनोद कुँवरको सरुवा भएसँगै यो पद रिक्त थियो । मैनाली यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए ।