सरकारले निर्वाचन आयोगलाई दियो ७ अर्ब

काठमाडौं,वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराइएको जानकारी दिएका हुन् ।सरकारले वैशाख १७ र २७ मा निर्वाचन गर्ने बताएको छ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए।यस वर्ष कुल बजेटको ९१।१९ प्रतिशत खर्च हुने मन्त्रालयले जनाएको छ ।