“व्यस्त तिम्रो सहर”

व्यस्त तिम्रो सहर


आज भोली धेरै व्यस्त छ तिम्रो सहर ।
सभा र सम्मेलनको उधोग खोलीएका छन् ।
सबैलाई जागीर दिएको छ, झण्डा बोक्ने ।

नारा लगाए पैसा मिल्ने,
त्यसैले हो हल्ला र कोलाहल बढेको छ ।
सबैलाई बोलाउदै छ, तिम्रो सहर।

गाडी घोडा पनि व्यस्थ छन् ।
रात काला मान्छे बोकेर हिड्दैमा,
हाट बजार भित्र पनि नारा जुलुश तिम्रो सहर।
समान चहि यता भन्ने व्यापारी ।
मान्छेकै भिड बनाउनमा लागेको छ ।
व्यपार गर्न हैन जमात खडा गर्न लागे ।
उता हैन यता भन्दै छ रे तिम्रो सहर।

तिम्रो सहरको भिडमा हजारौं हराए ।
अनि वस्तीहरु आधा रातमा उठेका छन ।
अस्तव्यस्थले चिच्याउदै छन् ।
खुब ठुलो स्वरका आवज सुनिन्छन् ।
बिरोध र समर्थनका नाराले तिम्रो सहर।
शव्दका बाणले चित्कार खेल्दै छन।

वा कति तुच्छ ।
शिष्टता हरायो ।

मर्यदा र सम्मान लिलाम भयो ।
पोला पोल गर्दै छन तिम्रो सहर।

अब चरित्रको भाषण सुनाउदै छु ।
अनि भन्दै छन पखेटा बाधेर ।
शहास भए उडेर देखाऊ ।
वा शव्दका बाण ।
अनि सिद्धान्त श्रापदै छ ।
आदर्सले गिज्यादै छ ।
सत्ताका भोका मान्छे लाई ।
अनि बाटो बिराए पनि ।
गन्तव्यमा पुग्नै पर्ने ।
कस्तो महोत्वकांक्षिको जमात तिम्रो सहर।

आफै ले आफ्नो घर बन्द गर्दै छन ।
सबैलाई बन्दक बनाए पनि ।
आफु स्वतन्त्र हुनु पर्ने ।
सबैलाई बाटो बन्द गरेरे ।
आफु भने हिड्नु पर्ने
अरुको शास्तिमा ।
रमाउन बानी परेकाले ।
आफु अगाए पछि ।
भोका नाङ्गा नदेख्ने ।
तर पनि उसैलाई नेता हुनै पर्ने।
भयो पुगो मलाई अब तिम्रो सहर।

बस्नु छैन मलाई तिम्रो सहर ।
आखीर मलाईनै शिकार गर्दा रहेछौ ।
देख्ने आखाले,
नराम्रोलाई पनि राम्रो बन्नु पर्ने ।
अनि सुने कान ले सुनेको पनि,
सुनिन भन्नु पर्ने खै कस्तो तिम्रो सहर।

भयो अब तिम्रो सहर मलाई,
पुग्यो तिम्रो सहर मलाई।
पीडा पोख्ने ठाउ पाईन मैले,
अब म बाच्न नसक्ने भए तिम्रो सहर ।
बेथितिले ढाको अब,
ज्यादतीले मार्ने भए तिम्रो शहर ।
भयो पुग्यो अब तिम्रो सहर मलाई।