विरोधसभामा सहभागी हुन प्रचण्ड-नेपालको अपिल

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रूपमा भिडिओ अपिल जारी गर्दै भोलि विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्।

बुधबार भृकुटीमण्डपमा विरोध सभा गर्ने प्रचण्ड-नेपाल पक्षको तयारी छ ।आफूहरुको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको बताउँदै प्रचण्डले बताएका छन् ।

‘हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोधसभामा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्दछु, भिडिओमा भनिएको छ । प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न प्रदर्शन गर्न लागिएको बताइएको छ ।