रेखा जोशी उत्कृष्ट मौलिक गायिका अवार्डबाट सम्मानित

काठमाडौं, देउडा गायिका रेखा जोशी उत्कृष्ट मौलिक अवार्डबाट सम्मानित भएकी छन् ।

शुदुरपश्चिम स्थाई घर भएकी गायिका जोशीले नुवाकोमा सम्पन्न भएको दोस्रो नाटेश्वर म्युजिक अवार्ड अन्तर्गतको मौलिक गित गायिकाको अवार्डबाट सम्मानित भएकी हुन् ।गायिका जोशीले लै लै देउडा गीतबाट उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड पाएकी हुन्।

करिब ६ बर्ष देखी गायनमा प्रवेश गरेकी गायिका जोशीले करिब ७०० भन्दा बढी चर्चित देउडा तथा लोक गितहरुमा स्वर दिसकेकी छन् । उनका घुटुक्क बाडुली लाग्या, मैना लगायत धेरै गितहरु चर्चामा छन् ।