प्रहरीलाई हातपात गर्ने दुई पक्राउ

झापा,प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

कचनकवल गाउँपालिका-६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा बिना हेलमेट सवार भइरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउनु भनी रोक्दा प्रहरीलाई गाली गलौज तथा हातपात समेत गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।